शुक्रबार, जेठ २५ गते २०८२

चलचित्र ‘जन्ते बाख्रो’ आजदेखी देशभर प्रदर्शनमा

चलचित्र ‘जन्ते बाख्रो’ आजदेखी देशभर प्रदर्शनमा

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८२
  • चलचित्र ‘जन्ते बाख्रो’ आजदेखी देशभर प्रदर्शनमा

    काठमाडौं । आज शुक्रबारदेखी नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साहजनक शो दिएका छन् । निर्देशक सिमोश सुनुवारले विषयसँग मिल्दो शिर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँने बताए । 

    images

    ‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर हामीले विषयसँग मिल्दो शिर्षक ‘जन्ते बाख्रो’ राखेका छौँ । यसले नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँछ र हाम्रो परम्परासम्म पुर्याउँछ भन्ने विश्वास छु,’ निर्देशक सुनुवारले भने ।

    उनले चलचित्रको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । सिनेमा हेर्न आइपुगेका दर्शकबाट सिनेमाको प्रचार हुनेमा उनी विश्वस्त छन् ।

    चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा ३ शो, सिभिल मलमा ३ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो, राइजिङ्ग मलमा १ शो, सिटी स्क्वायरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा २शो, विर्तामोडमा ३ शो, विरगंजमा १, पोखरामा ३ शो र चितवनमा ३ शो रहेको छ ।

    काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा २ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ४ शो र कालिमाटीमा ३ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा रहेको आइएनआईमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो, नैकापमा रहेको डीएम सिनेमाजमा १ शो, भक्तपुरमा रहेको सुर्यविनायक सिनेमाजमा १ शो रहेको छ ।

    पोखरामा रहेको मिडटाउनमा १ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा ३ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा २ शो, विराटनगरमा रहेको सिटी सिनेमामा २ शो, धरान र बुटवलमा रहेको रहेको फ्रेन्ड्स सिनेमामा १ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा १ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा १ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा १ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा १ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ३ शो, इटहरीमा रहेको इलाइट सिनेमामा ३ शो रहेको छ ।

    चलचित्रमा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ