बिहीबार , साउन ३१ गते २०८२

कैलालीमा आगलागीबाट आठ सटरमा क्षति

कैलालीमा आगलागीबाट आठ सटरमा क्षति

अखबार दैनिक
सोमबार, साउन ७ २०८२
  • कैलालीमा आगलागीबाट आठ सटरमा क्षति

    कैलालीमा आगलागीका कारण आठवटा सटरमा क्षति पुगेको छ । हिजो (आइतबार) राति भएको भीषण आगलागीकाकारण आठवटा सटरमा क्षति पुगेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युत् सर्ट भएर लागेको आगोले विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड एण्ड सप्लायर्सका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति पुर्‍याएको हो ।

    राति करिब पौने ११ बजे सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहकार्यमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण सटरभित्र रहेका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ