शनिबार, भदौ १ गते २०८२

आज बुधबार राति देखि बिहीबारसम्म अत्यधिक उल्का वर्षा हुने

आज बुधबार राति देखि बिहीबारसम्म अत्यधिक उल्का वर्षा हुने

अखबार दैनिक
बिहीबार , साउन २९ २०७७
  • आज बुधबार राति देखि  बिहीबारसम्म अत्यधिक  उल्का वर्षा हुने

    २९ साउन, काठमाण्डौं । स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण बुधबार र बिहीबार अत्यधिक उल्का वर्षा हुने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार साउन २ गतेदेखि सक्रिय रहेको यो उल्कावर्षा बुधबार राति १०:३० देखि बिहीबार बिहान ३ बजेसम्म देख्न सकिन्छ।

    पर्सियस तारामण्डलमा भएको जस्तो देखिने भएकाले पर्सिड मिटियर सावर नाम दिइएको उल्का वर्षा आगामी भदौ ८ गतेसम्म देखिने एस्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ।

    एस्ट्रोनोमिकल सोसाइटीका अनुसार स्विफ्ट टटलले सूर्यको एक पटक परिक्रम गर्न १३३ वर्ष लगाउँछ।

    स्विफ्ट टटलले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छोड्ने गर्छ। जब पृथ्वी सूर्यको परिक्रमा गर्ने क्रममा उक्त कक्षको नजिक आइपुग्छ, तब ती कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर उल्का वर्षाको रूपमा खस्ने गर्छन्।

    यसैलाई उल्का वर्षा भनिन्छ जसलाई नेपाली जनजिब्रोमा 'तारा खसेको' पनि भनिन्छ।

    यो वर्ष प्रतिघण्टा एक सय पचास वटासम्म उल्का वर्षा देखिन सक्ने अनुमान छ। प्रति सेकेण्ड ६० किलोमिटरसम्म हुने भएकाले ती उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देख्न सकिन्छ।

    मौसम सफा रहेमा यी उल्का वर्षा नांगो आँखाले नै उत्तरपूर्वी आकाशमा अवलोकन गर्न सकिने बताइएको छ।

    वैज्ञानिकहरुका अनुसार सन् १९९२ मा सूर्यको नजिक आएको स्विफ्ट टटल पुच्छ्रेतारा अब सन् २१२५ मा मात्र नजिक आउनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ