शुक्रबार, साउन ३२ गते २०८२

०८४ पछि बन्ने सरकार एमाले–कांग्रेसकै होः ओली

०८४ पछि बन्ने सरकार एमाले–कांग्रेसकै होः ओली

अखबार दैनिक
बुधबार, साउन ३० २०८२
  • ०८४ पछि बन्ने सरकार एमाले–कांग्रेसकै होः ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले अरु कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न आग्रह गरे । ०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि कांग्रेसले बनाउने स्पष्ट पारे । दुवै पार्टीको बहुमत आउन नसके कांग्रेस र एमाले मिलेरै सरकार बनाउने बताए । टालाटुली बटुली गरेर सरकार बनाउने काममा दुवै पार्टी नलाग्ने उनको दाबी छ ।

    ‘यो सरकार स्थिर सरकार हो । यो अरु अढाइ वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरू यो नठान्नुस् की कोही अर्को ।तपाईंहरूलाई अहिले नै भनिदिन्छु, कि एमालेले बनाउँछ, एमालेले बनाएन भने कांग्रेसले बनाउँछ । कांग्रेसले बनाएन भने एमाले–कांगेसले बनाउँछन् । यो तीनवटाबाहेक अर्को कुनै विकल्प छैन,’- ओलीले भने । प्रधानमन्त्री ओलीले बाँकी पूरा कार्यकाल कांग्रेस–एमालेको सरकार रहने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ