बुधबार, साउन ३० गते २०८२

सुनको भाउ घट्दा बढ्यो चाँदी

सुनको भाउ घट्दा बढ्यो चाँदी

अखबार दैनिक
बुधबार, साउन ३० २०८२
  • सुनको भाउ घट्दा बढ्यो चाँदी

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ