बुधबार, साउन ३० गते २०८२

राजस्थानको सडक दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते

राजस्थानको सडक दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते

अखबार दैनिक
बुधबार, साउन ३० २०८२
  • राजस्थानको सडक दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते

    भारतको राजस्थान राज्यको दौसामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरको एसएमएस अस्पतालमा पुर्‍याइएकामा तीमध्ये पाँच जनालाई आईसीयूमा भर्ना गरिएको छ ।

    दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने क्रममा आझ बिहान करिब ३ बजे भएको हो । पिकअप र ट्रेलर ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।गम्भीर घाइते पनि रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकहरू भारतको उत्तर प्रदेशको एटाका बासिन्दा भएको बताइएको छ । इन्डिया टुडे

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ