काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि आइतबार कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ७ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएको छ । त्यसैगरी आज ९८ल कम्पनीको सेयर मुल्य बढेको छ भने १९१ कम्पनकिो सेयर मुल्य घटेको छ ।