शुक्रबार, साउन ३२ गते २०८२

कोरोना महामारी सँगसँगै भाइरल ज्वोरो फैल्न थालेको आशंका

कोरोना महामारी सँगसँगै भाइरल ज्वोरो फैल्न थालेको आशंका

अखबार दैनिक
आइतबार, असोज २५ २०७७
  • कोरोना महामारी सँगसँगै  भाइरल ज्वोरो फैल्न थालेको आशंका

    आश्विन २५

    कोरोना महामारिले सारा विश्वनै ग्रसित भैरहेको बेलाँ नेपालको विभिन्न ठाँउमा भाईरल ज्वोरो फैलन थालेको आशंका विभिन्न स्वास्थ्य चिकित्सकहरुले गरिरहेका छन् । यसले चिकित्सकहरुमाझा थप अन्योलता सिर्जना गराएको छ । कोरोना भाईरस र भाईरल ज्वोरो हुँदा लक्षण्हरु उस्तै उस्तै देखिने हुँदा जाँच नगरि छुट्याउन नसकिने कुरा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका एकजना वैज्ञानिकले अखबारदैनिकलाई बाताएका छन् ।

    एक्कासि ज्वरो आएमा, श्वासप्रश्वासमा अप्ठ्यारो, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा भएको भनिन्छ । यद्दपी कोरोना भाईरसको लक्षण पनि यस्तै यस्तै भएक्काले नजचाई यसै खुट्ट्याउन सकिन्न । प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । यो रोग भाइरसका कारण हुन्छ । बदलिँदो मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण भाइरल संक्रमण बढी हुन्छ ।

    भाइरल ज्वरोका मुख्य लक्षणहरू निम्नानुसार छन् :

    -एक्कासि ज्वरो बढ्ने र रोकिने

    -चिसो महसुस हुनु

    -हल्का खोकी लाग्नु

    - घाँटी दुख्नु

    - हाँच्छिऊ आउनु

    - नाकबाट पानी आउनु

    - टाउको, शरीर तथा हाडजोर्नी दुख्नु

    - हातखुट्टामा सिल्का हान्नु र कमजोरी महसुस हुनु

    - अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु

    - आँखा रातो हुनु

    - वाकवाकी लाग्नु

    - वान्ता हुने, पेट मडारिनु,

    - बेसुरोपना देखा पर्नु

    - झाडापखाला लाग्नु आदि ।

    सर्ने कारण : भाइरल ज्वरो सरुवा रोग भएकोले विशेषगरी रोग लागेका व्यक्तिको शरीरको तरल पदार्थबाट यो रोग अर्को व्यक्तिमा सर्दछ । रोगीले खोक्दा, हाच्छ्यु गर्दा, हाई काढ्दा उसको मुख र नाकबाट निस्कने मसिना थुक, र्‌याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ । यसका साथै बिरामीसित हात मिलाउँदा, बिरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ । हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउन र दुख्न थाल्छ । भाइरस घाँटीमा पुगेपछि घाँटी खसखस गर्छ । अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरसको प्रवेशसँगै नाकबाट हाच्छ्यु आउने, रुघा लाग्ने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने गर्छ । फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरोका कारण शरीरको प्र्रतिरोधात्मक शक्ति कमजोर हुन्छ र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घन्टादेखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफैं हराएर जान्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ