शनिबार, भदौ १ गते २०८२

राम बहादुर ओलीसँगै रहने संकेत !

राम बहादुर ओलीसँगै रहने संकेत !

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • राम बहादुर ओलीसँगै रहने संकेत !

    नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी ओलीसँगै रहने सम्भावना देखिएको छ। नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले मंगलबार गरेका छुट्टाछुट्टै भेलामा बादल कतै पनि सहभागी भएका थिएनन्।

    ओली समूहले जम्बो केन्द्रीय समिति घोषणा गरेर आफ्ना पक्षमा अत्यधिक बहुमत देखाएको छ भने प्रचण्ड-नेपाल समूहले ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाएको छ।

    यी दुवै भेलामा बादललाई बोलाइएको भए पनि उनी कतै गएनन्। बादललाई प्रचण्डले सोमबार र मंगलबार दुई दिनसम्म भेटेका थिए। प्रधानमन्त्री ओलीले पनि बादललाई बालुवाटार बोलाएर छलफल गरेका थिए। बुधबार प्रधानमन्त्रीसँग भएको छलफलपछि बादल निकट स्रोतले बुधाबार साँझसम्म बादलको धारणा आउने बताएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ