शुक्रबार, साउन ३२ गते २०८२

कुशल भुर्तेलकाे किर्तीमान : लगातार तेस्राे अन्तर्राष्ट्रिय अर्धसतक

कुशल भुर्तेलकाे किर्तीमान : लगातार तेस्राे अन्तर्राष्ट्रिय अर्धसतक

अखबार दैनिक
मंगलबार, वैशाख ७ २०७८
  • कुशल भुर्तेलकाे किर्तीमान : लगातार  तेस्राे अन्तर्राष्ट्रिय अर्धसतक

    नेपाली युवा खेलाडी कुशल भुर्तेलले लगातार तेस्रो अन्तर्राष्ट्रिय अर्धसतक पूरा गरेका छन्। राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत मंगलबार नेदरल्याण्डविरूद्धको खेलमा पनि भुर्तेलले अर्धसतक हानेका हुन्।

     

    उनले आजको खेलमा ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रन हानेर अर्धसतक पूरा गरेका हुन्।

    यसअघि नेदरल्याण्ड्सविरुद्धकै खेलमा टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले सोही खेलमा पनि अर्धशतक बनाएका थिए।

     
     

    सोमबार मलेसियाविरूद्ध पनि उनले अर्धसतक बनाएका थिए।

    कुशल नेपालबाट सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। त्यस्तै नेपालबाट टी-२० मा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ