बुधबार, साउन ३० गते २०८२

आनले साताभरि कार्यक्रम गरी विज्ञापन दिवस मनाउने

आनले साताभरि कार्यक्रम गरी विज्ञापन दिवस मनाउने

अखबार दैनिक
आइतबार, जेठ ३० २०७८
  • आनले साताभरि कार्यक्रम गरी विज्ञापन दिवस मनाउने

    नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० लाई ‘एड˗डे’को रुपमा विविध कार्यक्रम गरी साताभरि नेपाली विज्ञापन सप्ताह (जेष्ठ ३०–असार ७) सम्म मनाउने भएको छ।

    यसअनुसार एड–डेको लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्बजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ट व्यक्तित्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउनेलगायतका कार्यक्रम राखिने आनले जनाएको छ।

    त्यस्तै, विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार˗उद्यमीलाई वेबिनारमार्फत श्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसर आदि विषयमा अन्तर्क्रिया गर्ने र विभिन्न मिडियाहरुमा गराउने, नेपाल विज्ञापन संघ (आन), एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताए।

    195115881_810479429605050_6691057245251225514_n.jpg

    विज्ञापनदाता, मिडियाकर्मी, विज्ञापनकर्मी, कलाकर्मी, विज्ञापन सर्जक, पत्रकार, आम नागरिक, शुभेच्छुक सबैमा शुभकामना दिँदै आगामी दिनहरुमा पनि निरन्तर सहयोग, सदभाव र योगदानको आनले अनुरोध गरेको छ।

    यस अवसरमा आनले सामाजिक दूरी कायम गर्दै, उच्च सावधानीका साथ, भीडभाड नगरी, सचिवालय शान्तिनगर, काठमाडौंमा आज बिहान ११ बजे रक्तदानको आयोजना गरेको छ। ‘एड डे’को मुख्य प्रायोजन बिजमान्डु र सह˗प्रायोजन अम्बे स्टिलले गरेको छ र मूलधारका नेपाली राष्ट्रिय दैनिकहरु र नेपाली स्याटलाइट टेलिभिजनहरु, अनलाईन पोर्टलहरु र रेडियोहरुको समेत साझेदारी रहेको आनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ