बुधबार, साउन ३० गते २०८२

रेबिज रोग बारे जानकारी : रेविज सप्ताह

रेबिज रोग बारे जानकारी : रेविज सप्ताह

अखबार दैनिक
मंगलबार, असोज १२ २०७८
  • रेबिज रोग बारे जानकारी : रेविज सप्ताह

    सन्दर्भ १५  औ विश्व रेबिज दिवश २०७८ WORLD RABIES DAY 2021

    RABIES FACT NOT FEAR रेविज को तथ्य बुझौ नडराऔ भन्ने मुल नाराका साथ विश्व रेविज दिवश २०७८ भव्यरुपमा रेविज सप्ताह  देशै भरि मनाईदै मिति २०७८ साल असोज ०६ देखि १२ सम्म 

    परिचय


    - रेबिजमानिस तथा जनावरहरुमा लाग्न सक्ने एक प्राण घातक जुनोटिक रोग हो । मानिस तथा कुकुरमा लाग्न सक्ने लक्षणहरु बारे इसापूर्व ३००० वर्ष पहिले नै यहुदी ग्रन्थमा लेखेको पाइन्छ । 
    - यो रोगको विषाणुले मुख्यतया केन्द्रिय स्नायु प्रणालीमा असर पारी उत्तेजना तथा पक्षघातका लक्षणहरु सिर्जना गर्ने छर्दछ । 
    - यो रोग मानिसमा पनि लाग्ने हुनाले जन स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । खास गरेर पशु स्वास्थ्य कर्मिहरुको लागि रेविज बढी खतरापूर्ण र जोखिम छ । 
    - नेपालमा मुख्यतया रेविज बहुला कुकुरको टोकाईबाट मानिसमा सर्ने गरेको छ र केहिलाई विरालो, न्याउरीमुसा र स्यालको टोकाईबाट भएको पाईएको छ । 


    रोगको कारण: 


    यो रोगी issa Virus बाट लाग्छ ।


    सर्ने तरिका :


    - यो रोगको सम्वाहकबहुलाजनावर नै मानिन्छ । यस्ता जनावरको र्यालमाभएको विषाणु र उक्तजनावरको टोकाई वाअन्यमाध्यमहुदै शरिरका विभिन्न स्नायु प्रणाली हुदै मस्तीस्कमा पुग्दछ । 
    यो रोग २ प्रकारले सर्दछ । 
    १) टोकाईबाट 
    २) विना टोकाईबाट ः 
    रेविज रोग लाग्न सक्ने सम्भावित कारणहरु
    १) वहुला कुकुर वा विरालोले टोकेमा ।
    २) जंगलि जनावर जस्तै स्याल,व्वांसो, न्याउरीमुसा फ्याउरोले अकस्मात टाकेमा ।
    ३) वहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा ।
    ४) रेविज लागेको गाई भैसिलाई जवर जस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा ।
    ५) रेविज रोग लागि विरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा ।
    ६) रेविज लागेको जनावरको मासु काटकुट गर्दा लाग्ने चोटपटकमा र्याल, गिदि लसपस हुन पुगेमा 
    ७) रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा ।


    लक्षणहरु :

    कुकुरमा रेविजको लक्षणहरु २ अवस्थामा देखा पर्दछ । 
    १ उत्तेजित अवस्था
    २ लाटो अबस्था


    १ उत्तेजित अवस्था
    -सामान्य वानीव्यहोरा र सिल स्वाभावमा परिवर्तन 
    - मालीकले बोलाएको नसुन्ने,भनेको नमान्ने, चन्चलहुने, अध्यारो रुचाउने । 
    - मालीक र अन्य कुकुर संग मिलेर वस्न नचाहने । 
    - आक्रमक स्वभावको विना कारण जे पायो त्यसैलाई झम्टने , मालीकलाई समेत टोक्ने 
    - टाँगमुनी पुच्छर हालेर दौडने ।
    - बाटोमा अगाडी पर्नेकुनै पनि वस्तु, पशु वा मान्छेलाई टोक्ने र लगातार दौडिरहने, भुकी रहने  
    - लामो दुरी तय गर्ने घर फर्कने वानफर्कन पनि सक्दछ । 
    - पछि गएर माँसपेशीको पक्षघात हुने । 
    - प्रसस्त र्याल काड्ने, भुक्ननसक्ने, ।
    - टाउको निहुर्याउने, जिव्रो बाहिर निकाल्ने 
    - पछाडीको खुट्टा कमजोर भई हिड्न नसक्ने । 
    - रोगको लक्षण ४—७दिन सम्म रहन्छ । लक्षण देखाएको १० दिन सम्म बाच्दछ।


    २ लाटो अवस्था
    - कुकुर सुस्त हुन्छ । 
    - रयालनिकाली रहने 
    - सान्तसंग बसेको ४।५ दिनमा कुकुर मर्दछ 
    गाई भैसीमा देखिने लक्षणहरु 
    - जनावरको हेराई एकोहोरो हुृन्छ ।
    - अकस्मातजनावर तर्सने । 
    - आक्रमकहुने मानिस वाकुनै पशु वस्तुलाई हान्ने 
    - अजिव स्वर गरेर कराउने । 
    - दात किटकिटाउने , घाँस पानी ननिल्ने, निल्न नसक्ने । 
    - आँखा राता राता पारी हेर्ने ।
    - साँढे , राँगो खोजे जस्तो गरी पिसाव तुर तुर गर्ने । 
    - विस्तारै पछाडीको भागको पक्षघात हुने लगातार र्याल काडी रहने गुद्धारको पक्षघात हुने 
    - पक्षघात भएको ३—४ दिनमा पशु मर्ने । 


    रोगको पहिचान 
    १) लक्षणको आधारमा 
    २) प्रयोगशालामा मस्तीस्कको परिक्षण गरी रोग एकिन गर्न सकिन्छ । 


    रेवीज विरुद्ध खोप लिनु पर्ने अवस्था

    रेवीज विरुद्ध खोप लिनु पर्ने अवस्था
    १) लक्ष्णको आधारमा वहुला हो भन्ने एकिन भएको कुकुरले ६ोकेमा ।
    २) टोक्ने कुकुर मारीएमा ।
    ३) टोक्ने कुकुरको पहिचान गर्न नसकिएमा ।
    ४) टोक्ने कुकुर हराएमा वा वेपता भएमा ।
    ५) शंकास्पद कुकुर  रेवीज रोगको लक्ष्ण देखाई १० दिन भित्र मरेमा वा प्रयोगशालामा शंकास्पद मारिएको कुकुरको गिदि परीक्षण गर्दा रेबिज लागेको प्रमाणित भएमा ।
    ६) बहुला जनावरको र्याल आलो घाउ, चोटपटक लागेको भागमा परेमा ।
    ७) कुनै पनि जंगलि जनावरले अकस्मात आक्रमण गरी टोकेमा ।
    ८) र्याल काढि रहेको गाईभैसीलाई  औषधि खुवाउने क्रममा मुख भित्र हात हालेमा र पछि र्याल लसपस भएमा ।
    ९) केटाकेटीहरुलाई  कुकुरले टोकेको तर टोक्ने कुकुरको पहिचान वयस्क व्यक्तिवाट हुन नसकेमा 
    १०) शंकास्पद परिस्थितिमा चिकित्सकको सल्लाह वमोजिम गर्ने ।


    रेविज रोगको प्राथमिक उपचार


    कुनै पनि वहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्वभ भएमा सावुन पानीले नत्रभने सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा लगाउने औषधि (डिटोल, आयोडिनको झोल) लगाउनु पर्दछ । यसरि रेवीजरोगको केहिहद सम्म प्राथमिकउपचार गर्न सकिन्छ ।


    उपचार: रेबिज रोग VIRUS बाट हने भएकोले यो रोगको खासै उपचार हुदैन ।

    रोकथाम :


    - बहुलाजनावरले टोक्नासाथ घाउलाई तुरुन्त सावुनपानीले राम्रो संग धुने र पोटास पानी जस्तो औषधिले घाउ सफा गर्ने ।
    - टोक्ने जनावरलाई तुरुन्तबाध्ने , थुनी प्रत्यक्ष नियन्त्रणमा राखी १० दिन सम्म चालचलन हेर्ने 
    - निगरानी राखेको जनावर वा कुकुरले लक्षण देखाएमा तुरुन्त खोप लगाउने । १० दिन सम्म कुनै चालचलनमा परिवर्तन नभए भ्याक्सिन नलगाउने । 

    नोबिभ्याकनेजारया


    रेविज रोगको तितो सत्य (HARD FACTS)


    १) कुकुरमा रेविज रोग नलाग्ने तर रेविजविषाणु वोकेर हिड्ने वा स्वस्थ देखिएका कुकुरले अरुलाई टोकेर सार्ने (Carrier stage) अवस्था रहदैन ।
    २) वहुला जनावरले जुनसुकै भागमा टोके पनि रेविजविषाणु टोकेको भागवाट केवल स्नायु भएर मात्र मस्तिष्कसम्म पुग्छ । रेविज विषाणु स्नायु मार्फत प्रति घण्टा ३ मिलिलिटरको दरको मस्तिष्क तर्फ वढछ ।
    ३) रेविज लागेको जनावरको रगतमा रेविज विषाणु (Vimeria) रहदैन ।
    ४) रेविज विषाणु छट डिग्रि सेल्सीयस तापक्रममा निष्क्रिय हुन्छ ।
    ५) आज सम्म रोग लागेको जनावरको दूध पिएर मानिसलाई रेविज रोग लागेको घटना रेर्कड गरिएको वा प्रमाणित भएको छैन ।
    ६) मानिसको हकमा रेविज विषाणुले गर्भवति अवस्थामा सालनाल भएर गर्भाशयमा प्रवेस गर्न सक्तैन । रेविज लागेको  महिलाको पाठेघरवाट स्वस्थशिशु निकालिएको र वाचेको तथ्य छ ।
    ७) प्राकृतिक अवस्थामा रेविज रोग लागेर रोग प्रतिरोध गर्ने क्षमता विकसित हुदैन ।
    ८) रेविज रोग लाग्न कम्तिमा ३ दिन र वढिमा ८ वर्ष लागेको रेर्कड छ ।
    ९) साधारणः रेविज रोग लागेको कुकुर वाजनावर ट दिनभित्र मरिहाल्दछ ।  तर रेविजरोगको स्पष्ट लक्ष्ण देखिनु भन्दा ४ दिन अगाडिको र्यालमा रेविज भाईरस पाईन सक्ने भएकोले विश्व स्वास्थय संघ (World Health Organization) ले वढिमा १० दिन टोक्ने कुकुर हेर्न सिफारिस गरेको छ ।
    १०) नेपालमा वर्षेनि १०० जना रेविज रोग लागेर मर्ने गरेको अनुमान छ भने विभिन्न समयमा गरेको सर्वेक्षण अनुसार २५००० भन्दावढि व्यक्तिले रेविजरोगवाट वच्न खोप लिने गरेको छ ।
    ११) एसियामा मात्र प्रत्येक १५ मिनेटमा एक मानिस रेविज लागेर मर्ने गर्दछन, रेविज रोगिहरु मध्ये कम्तीमा ४० प्रतिशत १५ वर्ष मुनिका हुने गर्छ । साथै प्रति घण्टा ८०० मानिसले वहुला जनावरको टोकाई वा सम्पर्कका कारण रेविज विरुद्ध खोप लगाउने गर्दछ ।

    लेखक:

    सुरेश कुमार श्रेष्ठ
    प्राविधिक अधिकृत
    पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, गण्डकी प्रदेश, पोखरा
    महासचिव 
    नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ