शुक्रबार, साउन ३२ गते २०८२

३६ वर्षपछि मोरक्को नकआउटमा

३६ वर्षपछि मोरक्को नकआउटमा

अखबार दैनिक
शुक्रबार, मंसिर १६ २०७९
  • ३६ वर्षपछि मोरक्को नकआउटमा

    काठमाडौं । मोरक्को विश्वकप फुटबलको नकआउटमा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को ३६ वर्षपछि दोस्रो पटक नकआउटमा पुगेको हो। क्यानडा भने समूहका सबै खेलमा पराजित हुँदै बाहिरिएको छ।

    समूहको अन्तिम खेलमा मोरक्कोले २–१ ले क्यानडालाई पराजित गरेको हो। क्यानडाको जितमा खेलको चौथो मिनेटमा हाकिम जिएच र २३ औं मिनेटमा युसेफ नसरीले गोल गरे। मोरक्कोका डिफेन्डर नाइफ अगुएर्डले आत्माघाती गोल गरे।

    पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो। क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० र दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले पराजित भएको थियो। अब मोरक्कोले समूह ईको उपविजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ