शनिबार, भदौ १ गते २०८२

कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम

कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम

अखबार दैनिक
सोमबार, मंसिर २६ २०७९
  • कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम

    महोत्तरी: एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वयंसेवकहरुका लागि सकारात्मक झुकाव सामूहिक चुल्हो सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ।

    समूदायमा भएका कुपोषित बालबालिकाहरु पहिचान गरी सकारात्मक झुकाव सामूहिक चुल्हो सेसनका माध्यमबाट सुपोषित बनाउने कार्यका लागि छनौट भएका एकडारा र सम्सी गाउँपालिकाका ३२ जना स्वयंसेवकहरुको तालिममा सहभागिता रहेको थियो। 

    मंसीर २० गतेबाट सुरु भएको तालिमको समापनका अवसरमा बोल्दै स्वास्थ्य कार्यालय महोत्तरीका पोषण फोकल पर्सन गिरेन्द्र झाले समुदायमा भएका कुपाषित बालबालिकाहरु पहिचान गरी उनीहरुलाई सुपोषित बनाउन स्वयंसेवकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। 

    तालिमको समापनका अवसरमा बोल्दै आयोजक संस्था एकिकृत ग्रामिण विकास समाज महोत्तरीका अध्यक्ष शंकु घिमिरेले शारीरिक, मानसिक, संवेगात्मक वृद्धिको दृष्टिले बाल्यावस्था नै लगानी गर्ने उचित समय भएकोले कुपोषित बालबालिकाहरुलाई सुपोषित बनाई उनीहरुको चौतर्फी विकासका लागि योगदान गर्नुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ