शनिबार, भदौ १ गते २०८२

घट्यो पेट्रोलियम पदार्थको मूल्य, केको मूल्य कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, केको मूल्य कति ?

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य, केको मूल्य कति ?

     

     
     
    काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। 

    निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रुपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रुपैयाँ कम गरेको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल १७५ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ लिटर पर्नेछ।

    यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ थियो। त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक)को भाउ लिटरको १७० रुपैयाँ भएको छ।

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रुपैयाँ नै छ। निगमका अनुसार आइओसी र नेपाल सरकारको गरेर अझै १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ