शनिबार, भदौ १ गते २०८२

सर्वसाधारणका लागि आइपिओ बिक्री गर्दै शुभम पावर, कति कित्ताका लागि दिने आवेदन?

सर्वसाधारणका लागि आइपिओ बिक्री गर्दै शुभम पावर, कति कित्ताका लागि दिने आवेदन?

अखबार दैनिक
मंगलबार, माघ १० २०७९
  • सर्वसाधारणका लागि आइपिओ बिक्री गर्दै शुभम पावर, कति कित्ताका लागि दिने आवेदन?

    सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। 

    कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो। 

    कम्पनीले ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

    उक्त सेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ। 

    आवेदकले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ