शुक्रबार, साउन ३२ गते २०८२

विकेट लिएपछि मैदानमै राेए सन्दीप

विकेट लिएपछि मैदानमै राेए सन्दीप

अखबार दैनिक
मंगलबार, फागुन २ २०७९
  • विकेट लिएपछि मैदानमै राेए सन्दीप

    काठमाडौं– कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा जारी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपाल तथा नामिबियाबीचको खेलको आफ्नो पहिलो स्पेलमै सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् ।

    दशौं ओभरमा बलिङ गर्न आएका लामिछानेले १०.२ बलमा नामिबियाका बिर्केनस्टकलाई १३ रनको व्यक्तिगत स्कोरमा बोल्ड आउट गरेका हुन् । दोस्रो बलमा नामिबियाका खेलाडीलाई आउट गरेपछि लामिछाने भावक भएर आफ्ना सहकर्मी खेलाडीलाई अंगालो हाल्दै रोएका थिए ।


    ताजा अवस्थामा नामिबियाले ११ ओभरमा २ विकेट गुमाएर ४७ रन बनाएको छ । सन्दीपले आफ्नो पहिलो ओभरमा ३ रन खर्चेर एक विकेट लिएका हुन् । आजको खेलमा नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।

    रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपालको टीममा दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेट किपर), करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा तथा कुशल मल्ल छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ