शुक्रबार, साउन ३२ गते २०८२

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

अखबार दैनिक
बिहीबार , फागुन १८ २०७९
  • युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

    काठमाडौं : आईसीसी विश्वपक लिग टू क्रिकेटमा नेपालले युएईको दोस्रो विकेट खसालेको छ । बुधबार मात्रै युएई पुगेका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन्। युएईका लागि ३८ बलमा १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्। यसअघि पहिलो ओभर नै मेडन ओभर फालेका करण केसीले पहिलो विकेट लिएका थिए। केसीले मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरेका हुन्। 

    पहिलो खेलमा पीएनजीलाई पराजित गरेको नेपाल आज लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिएको छ । युएई भने पहिलो खेलमा पीएनजीसँगै पराजित भएको थियो। ऊ सिरिजमा आज पहिलो जित निकाल्ने लक्ष्यमा छ।

    नेपाल २९ खेलबाट २८ अंक जोडेर छैठौँ स्थानमा छ। सिधै विश्वकप छनोट खेल्न नेपालले बाँकी ७ वटै खेलमा जित निकाल्नुपर्ने छ। शीर्ष तीनमा पर्न नसके क्वालिफायर खेल्नुपर्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ