शुक्रबार, साउन ३२ गते २०८२

लिग टू खेल्न नेपाल आउने यूएई टोलीको घोषणा

लिग टू खेल्न नेपाल आउने यूएई टोलीको घोषणा

अखबार दैनिक
मंगलबार, फागुन २३ २०७९
  • लिग टू खेल्न नेपाल आउने यूएई टोलीको घोषणा

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ ।

    एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् । उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन्

    घरेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् । आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् ।

    आर्यंशले यू-१९ विश्वकप छनोट खेलेका थिए । नेपाल यूएई र पपुवा न्युगिनी सम्मिलित लिग टू को अन्तिम शृंखला बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

    असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।

    uae-team-768x543.jpg
    undefined

    मुहम्मद वासिम (कप्तान), आयान खान, आर्यन लाक्रा, अश्वन्त भल्थापा, आसिफ खान, आर्यंश शर्मा, सिपी रिजवान, हज्रत बिलाल, जुनइद सिद्दिकी, कार्तिक मेइयाप्पन, रोहन मुस्ताफा, भृत्य अरभिन्द, जहुर खान, जावार फरिद

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ