बुधबार, साउन ३० गते २०८२

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

अखबार दैनिक
बुधबार, चैत १ २०७९
  • पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

    पाल्पा : पाल्पामा ग्यास सिलिण्डर पड्किँदा  एकजना घाइते भएका  छन्।

    बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किएको हो। ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको  स्थानीय पत्रकार दयाराज न्यौपानेले बताए। 

    घाइतेको अवस्था सामान्य छ। न्यौपानेका अनुसार घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ। घरमा भने क्षति पुगेको छ।

    स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ। खाना पकाउने क्रममा एक्कासी ग्यास पड्किएको हो। घटनालगत्तै प्रहरीलाई खबर गरिएको पत्रकार न्यौपानेले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ