बिहीबार , साउन ३१ गते २०८२

रूसका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

रूसका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

अखबार दैनिक
शुक्रबार, वैशाख १९ २०७७
  • एजेन्सी, १९ बैशाख । रूसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । जनवरीमा निर्वाचित प्रधानमन्त्री मिखाइल रूसमा कोरोना संक्रमण हुनेमा उपल्लो तहका व्यक्ति हुन् । ५४ वर्षका उनले आइसोलेसनमा रहेर उपचार गराइरहेको राष्ट्रपति पुटिनलाई जानकारी दिएका छन् । समाचार स्रोतका अनुसार उनले प्रधानमन्त्री रूपमा दैनन्दिनका कार्य रोकेका छन्र भने उपप्रधानमन्त्रीलाई आफ्नो कार्यभार सुम्पेका छन् । प्रधानमन्त्रीसहित रूसमा १ लाख ६ हजारमा एक हजार ७३ जनाको मृत्यु भएको छ । मन्त्री परिषद्का सदस्यहरू र उनका सहयोगी लगायत उनको सम्पर्कमा आएकाहरू पनि कोभिड–१९ निरन्तर परिक्षणमा रहेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ