शनिबार, भदौ १ गते २०८२

आन्ध्र प्रदेशको औषधि उद्योगमा विस्फोट

आन्ध्र प्रदेशको औषधि उद्योगमा विस्फोट

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • आन्ध्र प्रदेशको औषधि उद्योगमा विस्फोट

    भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा बुधबार दिउँसो विस्फोट भएको थियो।  

    अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्णनका अनुसार दुर्घटनामा ४० जना घाइते भएका छन्। रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको समाचारमा उल्लेख छ।

    केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै व्यक्तिको हताहत भएको उक्त दुर्घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ