बुधबार, जेठ २ गते २०८२

तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन

तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन

अखबार दैनिक
मंगलबार, मंसिर ११ २०८१
  • तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउमा गिरावट आएको छ। हिजो झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि २६ सयले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो। आज चाँदीको भाउ १८ सय २० मा कारोबार भइरहेको छ। सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य ओरालो लागेको हो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ