बुधबार, जेठ २ गते २०८२

एनपीएल खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए(फोटो फिचर)

एनपीएल खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए(फोटो फिचर)

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • एनपीएल खेल्न आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए(फोटो फिचर)

    काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । सगरमाथा आधार शिविर (एभरेष्ट बेसक्याम्प)को अवलोकन गरेपछि उनी स्वदेश फर्किएका हुन् ।

    images

    karnali-yaks-dhawan-5-1200x800.jpg

    धवनसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले हेलिकोप्टरमा गएर आइतबार सोलुखुम्बुस्थित एभरेष्ट बेसक्याम्पको अवलोकन गरेको थियो । उनीहरूले ३–४ घण्टाको समय एभरेष्ट बेसक्याम्पमा बिताएका थिए । त्यसपछि आइतबार साँझ काठमाडौं आएर धवन एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् ।

    karnali-yaks-dhawan-6.jpg

    यसअघि उनले काठमाडौंको पशुपतिनाथ दर्शन गरेका थिए । धवनले आउँदो मार्चमा फेरि नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् । कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनले एनपीएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो, नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने ।

    karnali-yaks-dhawan-7.jpg

    भारत जानुअघि कर्णाली याक्सका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र मल्ल, कप्तान सोमपाल कामीलगायतले धवनलाई अंकमाल गरेर बिदाइ गरेका थिए । साथै खेलाडीहरूले उनीसँग अटोग्राफ लिएका थिए ।

    karnali-yaks-dhawan-9.jpgkarnali-yaks-dhawan-10.jpgkarnali-yaks-dhawan-12-1200x800.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ