बुधबार, जेठ २ गते २०८२

सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो

अखबार दैनिक
बिहीबार , मंसिर २७ २०८१
  • सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ४२ अंकले घटेर २६८२ दशमलव २९ को विन्दुमा पुगेको छ ।

    images

    बिहीबार ३०४ कम्पनीका ६७ हजार १२८ पटकको कारोबारमा १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ रहेको छ ।

    ४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्ड र निर्माण कम्पनी बढ्दा अन्य राताम्मे छन् । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ