बुधबार, जेठ २ गते २०८२

नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा

नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा

अखबार दैनिक
सोमबार, पुस १ २०८१
  • नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा

    काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

    images

    कम्पनीको ९१औँ सञ्चालक समितिको बैंकले बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगानाले जानकारी दिए ।

    ढुंगानाका अनुसर कम्पनीले चुक्ता पुँजीको २ करोड ८७ लाख ५५ हजार ३०८ रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर र १५ लाख ३१ हजार ४३७ रुपैयाँ बराबरको ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भएको छ ।

    कम्पनीले बोनस प्रस्ताव पारित गर्न आगामी पुस २५ गते १८औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहेक शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ