बुधबार, जेठ २ गते २०८२

५१ अंकले घट्यो नेप्से

५१ अंकले घट्यो नेप्से

अखबार दैनिक
सोमबार, पुस १ २०८१
  • ५१ अंकले घट्यो नेप्से

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५१.३७ अंकले घटेको छ । नेप्से १.९१ प्रतिशतले घटेर २,६३०.९१ को विन्दुमा पुगेको छ । आज पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँमा एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ ।

    images

    कारोबारमा आएकामध्ये सोमबार २२७ कम्पनीको सेयरमूल्य घटेको छ । १५ कम्पनीको सेयरमूल्य बढेको छ भने दुई कम्पनीको स्थिर छ । कारोबारमा रहेका १३ वटै समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

    कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सको सेयरमूल्य ९.५८ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ