चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन्। उनले ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन्।
इन्गेजमेन्टका तस्बिरहरु सार्वजनिक भएसँगै उनका फ्यान र कलाकारले बधाई दिइरहेका छन्। उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ। काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ।