शुक्रबार, साउन ३२ गते २०८२

ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरी चल्न थाल्यो टिकटक

ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरी चल्न थाल्यो टिकटक

अखबार दैनिक
सोमबार, माघ ७ २०८१
  • ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरी चल्न थाल्यो टिकटक

    काठमाडौं । अमेरिकामा बन्द भएको टिकटक फेरी सुचारु भएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको हो। स्थानिय सञ्चार माध्यमका अनुसार ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।

    यसअघि आइतबार टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ