शुक्रबार, जेठ ४ गते २०८२

सुरु भयो सगरमाथा संवाद, अतिथिहरूको सम्बोधन जारी

सुरु भयो सगरमाथा संवाद, अतिथिहरूको सम्बोधन जारी

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • सुरु भयो सगरमाथा संवाद, अतिथिहरूको सम्बोधन जारी

    काठमाडौँ  । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् । समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

    images

    समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् । समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ ।आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ