शुक्रबार, जेठ ४ गते २०८२

सुनसरीबाट एक सय ८० हजयात्री जाने

सुनसरीबाट एक सय ८० हजयात्री जाने

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • सुनसरीबाट एक सय ८० हजयात्री जाने

    जेठ २ सुनसरी । हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका छन् । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका हुन् ।

    images

    हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि पवित्र भूमि मक्कामदिनातर्फ प्रस्थान गर्ने सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले बताउनुभयो । हजयात्री विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने उहाँले जानकारी दिनुभयो ।

    सुनसरीबाट आइतबार बिहान एक सय १८ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र एक जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्ने उहाँले बताउनुभयो । सोही दिन राति सुनसरीका थप चार जना अन्य जिल्लाका हजयात्रीको टोलीमा सहभागी भएर प्रस्थान गर्नेछन् । बाँकी हजयात्रीहरू पनि विभिन्न मितिमा जाने जनाइएको छ ।

    गत वर्ष आवेदन दिएर जान नपाएका र चालु आर्थिक वर्षमा आवेदन दिएकाबाट छनोट भएका एक सय ८० जना छनोटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । यात्रीको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, आवास तथा यातायातको व्यवस्था पूरा गरिसकेको हज व्यवस्थापन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ