सोमबार, भदौ ३ गते २०८२

पाकिस्तानको शाङ्गला जिल्लामा बाढी : एकै गाउँका २० सहित ३६ जनाको मृत्यु

पाकिस्तानको शाङ्गला जिल्लामा बाढी : एकै गाउँका २० सहित ३६ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • पाकिस्तानको शाङ्गला जिल्लामा बाढी : एकै गाउँका २० सहित ३६ जनाको मृत्यु

    मुसलधारे वर्षापछिको बाढीका कारण पाकिस्तानको शाङ्गला जिल्लाको ख्वर बन्द गाउँलाई तहसनहस पारेको छ । यहाँ बाढीका कारण सो गाउँमा मात्रै २० जनाको मृत्यु भएको छ । 

    शुक्रबार बिहान आएको विनाशकारी बाढीमा परेर पाँच जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अचानक आएको बाढीमा परेर जिल्लाभरमा कुल ३६ जनाको मृत्यु भएको छ ।

     हालैका दिनमा मुसलधारे वर्षा र बाढीले पाकिस्तानमा सयौंको मृत्यु भएको छ । क्लाउड ब्रष्टको चपेटामा आएको खैबर पख्तुन्ख्वा प्रान्तमा ३२३ जनाको मृत्यु भएको समाचार आएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ