काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ८ अर्ब ५० करोडको कारोबार भएको बजारमा सोमबार ७ अर्ब ३५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १८५ कम्पनीको सेयर मुल्य बढेको छ भने ६० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।