जेठ ६ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।