जेठ ८ काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोला १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।