काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।