शुक्रबार, जेठ ११ गते २०८२

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८२
  • सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान

    काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि आवश्यक सहयोग प्रदान गरेको छ।

    images

    कोहलपुर नगरपालिका वडा नं. ११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ।

    संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका छन्। उनले सामाजिक कार्यको लागि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको कुरा व्यक्त गरे।

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

    सिटिजन्स बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ