जेठ ११ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार ८.५७ अकंले घटेर २६७९.४१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार ९ अर्ब ८२ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब ६० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १४८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । आइतबार ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको सेयर मुलयमा सकारात्मक सर्किट लागेको छ ।