बुधबार, जेठ १६ गते २०८२

मंगलबार सेयर बजारमा झिनो अंकको सुधार

मंगलबार सेयर बजारमा झिनो अंकको सुधार

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८२
  • मंगलबार सेयर बजारमा झिनो अंकको सुधार

    जेठ १३ काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ०.८५ अंकले बढेर २६७५.६५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    images

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ७ अर्ब ५८ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ५२ करोडको कारोबार भएको छ ।

    त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १६६ कम्पनीको सेयर मुल्य घटेको छ ।  आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ