जेठ १६ काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुनको मूल्य एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।