बिहीबार , साउन ३१ गते २०८२

रञ्जिताले बुझाइनन् स्पष्टीकरण

रञ्जिताले बुझाइनन् स्पष्टीकरण

अखबार दैनिक
बुधबार, साउन १६ २०८२
  • रञ्जिताले बुझाइनन् स्पष्टीकरण

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले स्पष्टीकरण बुझाएकी छिन् । अध्यक्ष रञ्जिताले पार्टीले सोधेको स्पष्टीकरण जवाफ फर्काएकी हुन् ।

    पार्टीभित्र विवादित बनेकी अध्यक्ष रञ्जिताबारे आवश्यक निर्णय लिन नाउपाको राष्ट्रिय भेला बुधबारका लागि बोलाएको छ । अध्यक्ष रञ्जितालाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ ।

    यस्तै आइतबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष रञ्जितालाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनले गरेको निर्णयले पार्टीभित्र विवाद उत्पन्न भएकको छ । अध्यक्ष रञ्जितालाई स्पष्टीकर्णका लागि उपलब्ध गराइएको समयावधि मंगलबार नै सकिएको छ । पार्टी अध्यक्ष रञ्जिताले स्वास्थ्यको कारण देखाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बाँस्तोलालाई तोकेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ