बिहीबार , साउन ३१ गते २०८२

द्रुत गतिमा विकास गर्न जडीबुटी क्षेत्रकाे प्रवर्द्धन जरुरीः गुरुङ

द्रुत गतिमा विकास गर्न जडीबुटी क्षेत्रकाे प्रवर्द्धन जरुरीः गुरुङ

अखबार दैनिक
सोमबार, साउन २१ २०८२
  • द्रुत गतिमा विकास गर्न जडीबुटी क्षेत्रकाे प्रवर्द्धन जरुरीः गुरुङ

    कांग्रेस उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले नेपाललाई द्रुत गतिमा विकास गर्ने हो भने जडीबुटी क्षेत्रको खेतीमा जोड दिनुपर्ने बताएका छन्।नेपाली काङ्ग्रेस प्राकृतिक श्रोत विभागले नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको जडिबुटी विशेष कार्यक्रममा उनले नेपाललाई आर्थिक क्षेत्रमा छिटो फड्को मार्न सक्ने जडीबुटी क्षेत्र भएको बताए।

    उनले भने, ‘हाइड्रोपावर लगायतमा गरेको लगानीले प्रतिफल दिन आठ दश बर्ष लाग्छ भने जडीबुटी क्षेत्रमा गरिएको लगानीले एक डेढ बर्षमै प्रतिफल दिन्छ।’नेपालमा प्रशस्त रूपमा पाइने जडिबुटी कानुनको अभावमा लोप हुँदै गएको भन्दै कानुन निर्माण गरेर त्यस्ता जडिबुटीको खेती गर्नुपर्नेमा उनले जोड दिए।

    आफू कानुनमन्त्री हुँदा जडीबुटीसम्बन्धी कानुन निर्माण गर्न प्रयास गरे पनि सफल हुन नसकेको प्रसङ्ग जोड्दै जडिबुटी सम्बन्धि कानुन निर्माणको लागि वन तथा वातावरण मन्त्रालयले नै विधेक तयार पार्नुपर्ने बताए। ‘म कानुनमन्त्री हुँदा वन तथा वातावरण मन्त्रीलाई जडिबुटी उत्पादन, ब्यबस्थापन, प्रबर्द्धनको लागि विधेयक ल्याउन पटकपटक आग्रह गरे तर पनि विधेयक आउन सकेन’, उनले भने।

    नेपाललाई आर्थिक क्षेत्रमा द्रुत गतिमा उकास्न जडीबुटी क्षेत्र नै भएको दोहोराउदै यससँग सम्बन्धित सरोकारवाला सबैलाई निरन्तर चासो राख्न पनि उनले आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ