सोमबार, भदौ ३ गते २०८२

मित्रराष्ट्र भारतबाट सहयोग स्वरूप प्राप्त भएका सामग्रीहरू हस्तान्तरण/ग्रहण कार्यक्रम सम्पन्न

मित्रराष्ट्र भारतबाट सहयोग स्वरूप प्राप्त भएका सामग्रीहरू हस्तान्तरण/ग्रहण कार्यक्रम सम्पन्न

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • मित्रराष्ट्र भारतबाट सहयोग स्वरूप प्राप्त भएका सामग्रीहरू हस्तान्तरण/ग्रहण कार्यक्रम सम्पन्न

    मित्रराष्ट्र भारतबाट नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त भएका लाइट भेहिकल गोटा-६,आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, व्रिडिङ्ग घोडा गोटा-५ तथा सैनिक डग गोटा-२ आजमिति २०८२।०५।०२ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारका ForeignSecretary Mr. Vikram Misri ले प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलज्यूलाई हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत, बलाधिकृत, रथीवृन्द तथा भारतीय राजदूतावासका प्रतिनिधि र सैनिक सहचारीको उपस्थिति रहेको थियो ।

    यस किसिमको सहयोगले दुई देशबिचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ