बिहीबार , भदौ ६ गते २०८२

दुप्चेश्वरमा एक वर्षमा ढेड करोडको भेटी संकलन

दुप्चेश्वरमा एक वर्षमा ढेड करोडको भेटी संकलन

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८२
  • दुप्चेश्वरमा एक वर्षमा ढेड करोडको भेटी संकलन

    नुवाकोटको प्रमुख धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको बढ्दो आवागमनसँगै मन्दिरमा सङ्कलित भेटीको आम्दानी उल्लेख्य वृद्धि भएको छ ।

    दुप्चेश्वर महादेवको दर्शन गर्न आउने भक्तजनबाट हालै सम्पन्न आर्थिक वर्ष २०८१÷८२ मा रु एक करोड ४४ लाख ८० हजार भेटी सङ्कलन भएको दुप्चेस्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको भेटी आम्दानीबाट रु ३२ लाख २१ हजार खर्च भएको छ ।

    “आम्दानीतर्फ मन्दिरमा दर्शनार्थीले चढाएको स्वदेशी र विदेशी मुद्राको सटहीबाट प्राप्त नगदलाई एकमुष्ट जोडिएको छ”, कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो, “खर्चतर्फ कर्मचारी तलब, आरती, स्वयंसेवक र रासन खरिद गरिएको छ ।” दुप्चेस्वर क्षेत्र विकास कोषले आम्दानी तथा खर्च विवरण सार्वजनिक रुपमा पारदर्शी ढङ्गले प्रस्तुत गर्दै आएको जनाएको छ । त्यसका लागी मुख्य मन्दिरमा सङ्कलन भएको भेटी हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारणसहित गणना हुने प्रबन्ध गाँउपालिकाले मिलाएको छ ।

    साउनमा मात्रै करिब ५० हजार भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान गरिएको छ । सोही अवधिमा रु ३१ लाख ८३ हजार बराबरको भेटी सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । दुप्चेस्वर क्षेत्र विकास कोषको अध्यक्ष र उपाध्यक्ष विधानतः गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष हुने प्रावधान छ । सोही कारण मन्दिरमा हुने गतिविधिलाई गाँउपालिकाको कार्यसम्पादन, सेवा प्रवाह र सुशासनसँग जोडिएकाले आय–व्याय सहितको क्रियाकलापलाई पारदर्शी बनाउदैँ आएको गाँउपालिका अध्यक्ष शङ्करबहादुर थापाको भनाइ छ ।

    दुप्चेश्वर महादेव मन्दिरमा भक्तजन तथा तिर्थयात्रीको आवागमन पछिल्ला वर्षहरूमा उल्लेख्य बढ्दै गएको मन्दिरका पुजारी भगवानहरी धितालले जानकारी दिनुभयो । उहाँको अनुसार मन्दिरप्रति भक्तजनको बढ्दो आकर्षणमा आस्था, धार्मिक विश्वास र मनोकामना पूरा भएको जनविश्वास जोडिएको छ ।

    पौराणिक कथनअनुसार ४०० वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा रहेको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्ने गरिएको छ । मन्दिरको भौतिक संरचनामा भइरहेको सुधार, मन्दिरसम्म पुग्न सहज सडक मार्गको कारण पछिल्ला दिनहरुमा शनिबार र सोमबारको दिन हजारौँ तिर्थयात्री दर्शनका लागी मन्दिर पुग्ने गरेका छन् ।

    ‘भक्तजनले जे मागे पनि सिद्ध गराउने भगवान’ को रूपमा पुजिने दुप्चेश्वर महादेव प्रति श्रद्धा र जनविश्वास बढ्दै गएको छ । मन्दिरमा देशका विभिन्न स्थानबाट दैनिक हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने क्रम बढिरहेको छ । पुजारी धितालका अनुसार दुप्चेश्वर मन्दिरमा पूजा गरेपछि सन्तानको मनोकामना पूरा हुने, विशेषगरी पुत्रलाभ हुने जनविश्वास रहेको छ । बोली नफुटेका बालबालिका मन्दिरमा दर्शन गराएपछि बोल्न थाल्ने, थारा ९नब्याएका० गाईभैँसीको दाम्लो चढाएमा ब्याउने विश्वासमा पनि मन्दिरमा भक्तजनको आवामगन वृद्धि हुदैँ गएको उहाँले जानकारी दिनुभयो ।

    “धेरै भक्तजन मनोकामना पूरा भएपछि दोहो¥याएर दर्शन गर्न आउने गरेका छन्, पुजारी धितालले भन्नुभयो, “धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरले नुवाकोटको धार्मिक पर्यटन र शिवमहादेव प्रतिको आस्था बढाउन सहयोग पुगेको छ ।” समुन्द्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्तीका कारण दोश्रो पशुपतिनाथको रुपमा दुप्चेश्वरलाई पुज्ने गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार