विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक आ–आफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरूले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरू नै ब्यानर टेक्दै हिँडेका थिए ।
नेपाल फोटो लाइब्रेरी