शनिबार, जेठ ५ गते २०८२

मतपत्र छपाइको काम अन्तिम चरणमा

मतपत्र छपाइको काम अन्तिम चरणमा

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • मतपत्र छपाइको काम अन्तिम चरणमा

    कार्तिक १७ काठमाडौं । ४ मंसिरमा हुने चुनावका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब कठमाडौं, ललितपुर, भक्तपुर र बाराको मतपत्र छपाइ हुन बाँकी छ । प्रत्यक्षतर्फको ३ करोड ४० लाख मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पैडेलले बताए ।

    images


    प्रत्यक्षतर्फ ४ करोड मतपत्र छाप्नुपर्नेमा अब ६० लाख मतपत्र छपाइ हुन बाँकी रहेको उनले बताए । समानुपातिकतर्फको ४ करोड मतपत्र यसअघि नै छपाइ सकेर जिल्ला(जिल्लामा पठाइएको उनले बताए ।


    प्रत्यक्षतर्फको मतपत्र २० कात्तिकसम्म छपाइ सकेर २५ गतेभित्र जिल्लामा पठाइसकिने प्रवक्ता पौडेलले बताए । यसपटक आयोगले सबै गरेर ८ करोड मतपत्र छपाइ गर्न लागेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ