सोमबार, भदौ ३ गते २०८२

शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने

शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने

अखबार दैनिक
शुक्रबार, कात्तिक २५ २०७९
  • शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने

    कार्तिक २५ चितवन । लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आउने भएका छन् ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा।बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।

    यस्तै नेकपा (एमाले)ले पनि चितवनमा चुनावी सभा गर्दैछ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ