सोमबार, भदौ ३ गते २०८२

उम्मेदवार संग भेटघाट कार्यक्रम

उम्मेदवार संग भेटघाट कार्यक्रम

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • उम्मेदवार संग भेटघाट कार्यक्रम

    धनगढी । नेकपा एमालेसँग चुनाबी सहकार्य गरी निर्बाचन प्रचार प्रचारमा होमिएका एमालेका समानुपातिक उम्मेदबार तथा नेपाल परिवार दलका अध्यक्ष  एकनाथ ढकालले परामादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेको बताएका छन् ।

    ऐमाले तथा  नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा सयुक्त आयोजना गरेको उम्मेदवार सँग भेटघाट तथा  अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले अगामी निर्वाचनपछि  अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । पूर्वमन्त्री समेत रहेका उम्मेदबार ढकालले न्यायप्रेमी नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे । सुर्यमा मत माग्दै देश ब्यापी अभियानमा हिडेका ढकालले जनतामा ओली  प्यांस रहेको आफुले पाएको बताउदै मङ्सिर चार गते जनताको उक्त प्यांस मेटिने जिकिर गरे ।

    Dhangadi.jpg

    देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको संमृद्वि, प्रगति नचाहने देशीविदेशी तत्वहरू संगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले  सरकारलाई बर्खास्त गर्नु आपतिजनक भन्दै नेता ढकालले  संसदवाट प्रधानमन्त्रि बन्ने संबैधानिक मान्यताको बिपरित अदालती  परमादेश वाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धती र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सहि फैसला गर्ने बिश्वाश ब्यक्त गरे । परमादेशी सरकारलाई हटाउन र  समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमाले संग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो । सुर्य चिन्ह वाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले  सुदुरपश्चिमको विकासको लागी नेकपा एमाले संग मिलेर कामगर्ने बताए ।  

    Dhangadi 2.jpg


    कार्यक्रम नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम संयोजक खडक सिंह नागरिको सभापतित्वमा र अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा र  कञ्चनपुर क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको बिशेष उपस्थितिमा रहेको थियो ।   भेलामा बोल्दै नेता रानाले  मंसिर–४ पछि नेपाली जनताको आफ्नै  सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई संमृद्विको दिशातिर लाने दाबी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसि ल्याउने प्रतिबद्ता ब्यक्त गरे ।   कार्यक्रममा कञ्चनपुर  ५ ख का उम्मेदवार दुर्गा प्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ–आफ्नो मन्तव्य राख्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

    Dhangadi 3.jpg

     कार्यक्रमका सभापति खडक नागरिले सुदुरपश्चिम प्रदेशवाट सुर्य चिन्हमा बिस हजार मत खसाल्ने दाबी गर्दै  सुदुरपश्चिमका सबै जिल्लामा परिवार दलले एमाले लाइ सघाउने बताए ।  नेकपा ऐमालेका  तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा ५  (क) का उम्मेदवार नेपालु चौधरी  र  प्रदेश सभा ५  (ख) का उम्मेदवार दुर्गा प्रसाद जोशी  , प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धर्म  राज पाठक, नेपाल परिवार दलका केन्द्रीय सदस्यहरू बिष्णु बि।क , निर्मला श्रेष्ठ , जितेन्द्र श्रेष्ठ, धर्म रोकाया,सुशील लामिछाने, पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाईं, परिवार दल कञ्चनपुर जिल्ला अध्यक्ष विशाल चौधरी , अनेरास्ववियु सुदुरपश्चिम संयोजक  मनोज राई, नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेशका सबै  जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ