शुक्रबार, साउन ३२ गते २०८२

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • आज विश्व माटो दिवस मनाइँदै

    काठमाडौं । स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ।

    सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ। यसै सन्दर्भमा नेपाल पनि आज मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउँदै छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ