बुधबार, साउन ३० गते २०८२

बुढीगण्डकी परियोजनाको बजेट घटाएकोमा सांसद बजगाईँको आपत्ति 

बुढीगण्डकी परियोजनाको बजेट घटाएकोमा सांसद बजगाईँको आपत्ति 

अखबार दैनिक
शुक्रबार, चैत १० २०७९
  • बुढीगण्डकी परियोजनाको बजेट घटाएकोमा सांसद बजगाईँको आपत्ति 

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बुढीगण्डकी परियोजनाको बजेट घटाएकोमा आपत्ति जनाएका छन् । गोरखा क्षेत्र नम्बर १ का सांसद बजगाईँले आयोजना र जनप्रतिधिलाई जानकारी नै नदिइ बुढीगण्डकीको १ अर्ब ४० करोड रूपैयाँ रकमान्तर गरेको बताए । ‘यो विषयलाई मैले गम्भीर रुपमा लिएको छु। गोर्खालीहरुको साझा सपना बुढीगण्डकी आयोजना निर्माणमा लाग्नुपर्ने समयमा अर्थ मन्त्रालयले आयोजनालाई जानकारी समेत नदिइकन रकमान्तर गर्नु दुर्भाग्यपूर्ण छ,’ सांसद बजगाईंले भने।

    images
    images

    कांग्रेस सांसद बजगाईंले बुढीगण्डकी आयोजना निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत गरेका छन्। बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रूपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणका लागि ४० करोड रकमान्तर गरिएको छ।

    rajendra-bajjj1_KHkBE99ooQ.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ